FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिका वडा नं ३ र ९ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!
रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरुलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना
राष्ट्रिय परिचयपत्र वितरण हुने सम्बन्धी सूचना !
याङसिरिङ चोक देदी सत्तल सडक स्तरोन्नती तथा निर्माण कार्यका लागि बोलपत्र आह्वानको सूचना !!! (प्रकाशित मितिः २०८३।०५।२५)
निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!

रेडियोग्राफर (पाँचौ) सेवा करारको लागि दरखास्त आह्वान गरिएको बारे सूचना !!!

प्रस्तुत विषयमा यस षडानन्द नगरपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्र, मूलपानीमा तपसिलको पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारबाट पदपूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट ७ दिन (सात) भित्र दरखास्त आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल:-

विज्ञापन नं.

सेवा/समूह/पद

तह

माग पद संख्या

कैफियत

Shadmun/PM/01/078/79

स्वास्थ्य/रेडियोग्राफी/रेडियोग्राफर

पाँचौ

१ (एक)

 

  1. योग्यता र अनुभव :
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफीमा प्रवीणता तह उत्तीर्ण,
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्ने,
  • उमेर कम्तिमा १८ वर्ष पूरा भई ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको ।
  1. परीक्षाको किसिम:- लिखित र अन्तर्वाता ।
  2. परीक्षा मिति, समय र परीक्षा केन्द्र :-  पछि प्रकाशन गरिने छ ।
  3. दरखास्त दस्तुर, बुझाउने विधि र स्थान:- रा.वा. बैंक, दिंला, भोजपुरमा यस नगरपालिकाको नाममा रहेको बैंक खाता नं. ग-१-१ २२९०१००३०१०१०००२ मा परीक्षा दस्तुर रु.४००/- (अक्षरेपी चार सय मात्र) जम्मा गरेको भौचर वा राजश्व शाखामा तिरेको नगदी रसिद सहितको आवेदन फारम यस कार्यालयमा बुझाउनु पर्नेछ ।
  4. दरखास्त दिने अन्तिम मिति :- मिति २०७८/०४/२३ गते कार्यालय समयसम्म, दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय समय भित्र बुझाउन सकिने छ ।
  5. सेवा सुविधा :- यस कार्यालयको प्रचलित कानून बमोजिम हुनेछ ।
  6. आवेदन फारम यस नगरपालिकाको कार्यालय वा वेबसाईट www.shadanandamun.gov.np मा यसैसाथ संलग्न राखिएको छ ।
  7. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु:
    1. आवेदन दस्तुर तिरेको रसिद
    2. आवेदन फारम
    3. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी,
    4. समकक्षता र सम्वद्धता आवश्यक पर्नेमा सो को प्रतिलिपी,
    5. विज्ञापन भएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपी
    6. नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको प्रमाणको प्रतिलिपी