FAQs Complain Problems

सूचना

यस षडानन्द नगरपालिका अन्तर्गत सञ्चालन हुने गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) सञ्चालन गर्न उद्यम विकास सहजकर्ता पदको लागि दरखास्त आह्वान गरिएको बारे सूचना !!!

 

नोटः  यस षडानन्द नगरपालिका अन्तर्गत सञ्चालन हुने गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) सञ्चालन गर्न उद्यम विकास सहजकर्ता पदको लागि दरखास्त आवेदन दिन कार्यालय सम्म आउन नसक्ने आवेदकहरुले तपशिल वमोजिम आवेदन बुझाउन सक्नुहुनेछ ।

तपशिलः

१. यसै सूचनाको साथमा आवेदन फर्म र प्रवेश पत्र संलग्न छ। यो दुवै पत्र डाउनलोड/प्रिन्ट गरेर आवेदन भर्न सक्नुहुनेछ र PP Size को फोटो टाँसी सही गर्नुहोस्  र स्क्यान अथवा क्लियर फोटो लिनुहोस ।

२. आवेदन भर्दा सूचनामा माग गरिएको पद तथा अन्य विवरणहरु भर्नु पर्नेछ ।

३. आवेदन दस्तुरको लागि राष्ट्रिय वाणिज्य वैंक दिङ्ला शाखा अन्तर्गत यस षडानन्द नगरपालिकाको नाम मा रहेको आन्तरिक राजश्व खाता नं  २२९०१००३०१०१०००२  मा सूचनामा उल्लेख गरिएको फर्म दस्तुर  जम्मा गरेको भौचरको स्क्यान वा क्लियर फोटो लिनुहोस ।

४. सूचनामा माग गरिएको सबै कागजपत्रहरुको स्क्यान अथवा क्लियर फोटो लिनुहोस ।

५. अब बुँदा नं १ देअी ४ सम्मको सबै कागजपत्रहरु यस कार्यालयको ईमेल ठेगाना shadanandanagarpalika@gmail.com, ito.shadanandamun@gmail.com मा संलग्न राखी ईमेल मार्फत पठाउनुहोस ।

     परीक्षामा आउदा सबै कागजपत्रहरु सक्कलै लिएर आउनुहुन अनुरोध छ ।

धन्यवाद ।

 

Supporting Documents: 

षडानन्द नगरपालिका रहेको स्थान