सूचना
षडानन्द नगरपालिकामा कार्यरत कर्मचारीहरुबाट स्वास्थ्य सामाग्रीहरु खरिद गरी अस्थायी काेभिड-१९ हस्पिटललाई हस्तान्तरण कार्यक्रमको झलकहरु ।
षडानन्द नगरपालिका दिंला भोजपुरकाे दिंला हस्पिटलमा स्थापना भएको अस्थायी काेभिड-१९ हस्पिटलको व्यवस्थापनका लागि नगरपालिका तथा वडामा कार्यरत कर्मचारीहरुबाट नगद संकलन गरी जम्मा रु. १,५१,३३५।- (अक्षरेपी एक लाख एकाउन्न हजार तीन सय पैतिस मात्र) को बिरामी बेड सेट ५, ह्विल चियर सेट २, पि.पि.ई. थान २५, एडल्ट डायपर थान १०० लगायतका स्वास्थ्य सामाग्रीहरु खरिद गरी यस षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गणेश विक्रम बस्नेत ज्यूबाट मिति २०७८ जेठ २७ गते संयुक्त रुपमा नगर प्रमुख श्री वीरवल राई ज्यूलाई हस्तान्तरण कार्यक्रमका झलकहरु ।