FAQs Complain Problems

सूचना

समाचार

प्रमुख प्रशासकीय अधिकृत ज्यूको स्वागत तथा विदाई कार्यक्रम

मिति २०८०/०६/२५ गते यस षडानन्द नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदासज्यूको अध्यक्षता एवम् नगर उपप्रमुख श्री प्रमिला राईज्यूको समुपस्थितिमा यस नगरपालिकामा मिति २०७९/०५/२२ गते देखी २०८०/०६/२५ गते सम्म यस षडानन्द नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री विनोद कुमार भण्डारी ज्यूको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कोशी प्रदेशमा सरुवा भई जानु भएको र यस नगरपालिकामा श्री मोहन प्रसाद चापागाई ज्यू प्रमुख प्रशासकीय अधिकृत रुपमा सरुवा भई खटिई आउनु भएको छ । दुबै जनाको क्रमश स्वागत तथा विदाई (फेरी भेटौंला) कार्यक्रमका झलकहरु... यहाँहरुको आगामी कार्याकाल सफलताको शुभकामना !

हार्दिक समवेदना !!!

हार्दिक समवेदना !!!

यस षडानन्द नगरपालिका, दिङ्ला, भोजपुरका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूको ममतामयी आमा श्री भुवनेश्वरी उदासको मिति २०८० भाद्र १९ गते ८३ वर्षको उमेरमा भएको दुःखद निधनले नगरपालिका परिवारलाई मर्माहित एवम् स्तब्ध बनाएको छ । यस शोकको घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि समावेदना प्रकट गर्दछौ ।

षडानन्द नगरपालिका परिवार
 

Pages

षडानन्द नगरपालिका रहेको स्थान